काठमाण्डौं–नेपालमा हिन्दु राष्ट्रको माग बढ्दै गएपछी आफुले स्थापीत गरेको धर्म निर्पक्षयको एजेण्डा फेल खाने हो कि भन्ने देखेर फेरि पनि युरोपेली यूनियनको चलखेल शुरु गरेको छ ।
युरोपेली यूनियनले संघीयता कार्यान्वयन गर्न भन्दै ११ अर्ब अनुदान नेपाल सरकारलाई दिनेभएकोछ ।
संघीयता कार्यान्वयनमा पर्याप्त रकम नदिएको भन्दै संघीय मुख्य मन्त्री ,मन्त्रीहरुले नै आलोचना गरीरहेका बेला युरोपेली यूनियन ११ अर्ब ४० करोड रुपैयाँ अनुदान सयाहताले निकै महत्व राख्ने देखिन्छ ।
प्रदेश तथा स्थानीय शासकीय सहयोग कार्यक्रम (पीएलजीएसपी) कार्यान्वयन गर्न युरोपेली यूनियन (इयू) मा आवद्ध तीन मुलुकले संयुक्त रूपमा ११ अर्ब ४० करोड अनुदान सहायता उपलव्ध गराउने भएका हुन् ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा साझेदार संस्थाका प्रतिनिधिले अर्थ मन्त्रालयका सहसचिव एवं अन्तराष्ट्रिय समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालसँग अनुदानसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेमा बेलायत सहयोग नियोग (डिएफआईडी) का स्थायी सचिव म्याथुजन रे क्राफ्ठ, नर्वे र स्वीट्जरल्याण्डका राजदूतद्वय लासा वियोन जोहानेस्सन र एलिजाबेथ फ कपेलर ओस्वाल्ड रहेका छन् ।
FACEBOOK COMMENTS