काठमाडौं– मुक्तिनाथ विकास बैंक र ई–सेवा बीच यसबैंकको खाता ई–सेवा मार्फत खोल्न मिल्ने सम्झौताभएको छ । यस सम्झौता अनुसार ई–सेवाले नियुक्त गरेका एजेन्ट÷प्रतिनिधीहरुमार्फत मुक्तिनाथविकास बैंकमा बचत खाताखोल्न सकिनेछ ।
यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि मोवाईल बैंकिङ्ग सेवा निशुल्क उपलब्ध हुनेछ। यस सम्झौता पश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनु पर्ने अवस्था अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुखकार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग तथा ई–सेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरे
FACEBOOK COMMENTS