 
			                  			              
काठमाडौँ — पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् ।
ईडीसीडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४ सय २५ जना र साउनयता ३ हजार ५ सय ८० जना उपचार गराउन अस्पताल आइपुगेका छन् । ‘यो सरकारी क्षेत्रको रिपोर्टेड तथ्यांक हो, निजी क्षेत्रका धेरै केस रिपोर्टिङ भएका छैनन्,’ ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले भने, ‘हाम्रै तथ्यांकलाई आधार मान्ने हो भने पनि डेंगुका बिरामी करिब ७० हजार हुनुपर्छ ।’ सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ । यो रोगले ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने थप दुई जनाको मृत्यु डेंगुले भएको हो/होइन प्रमाणीकरणको प्रक्रियामा छ ।
डा. शाहका अनुसार डेंगुको १० प्रतिशत केस मात्र लाक्षणिक हुन्छ । बाँकी ९० प्रतिशत सामान्य ज्वरोका बिरामी मात्र हुन्छन् । ईडीसीडीले डेंगु रोग निदानका लागि र्यापिड डाइग्नोस्टिक किट (आरडीटी) को सट्टा रगतमाह्वाइट ब्लड सेल तथा प्लेटेलेट गणना र हेमाटोक्रिट परीक्षण गरी रोग निदान र व्यवस्थापन गराउन अनुरोध गरेको छ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS