काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले पत्रकारलाई चस्मा नभई आँखा बन्न सुझव दिएका छन् । नेपाल आर्थीक पत्रकार संघको दशौं वार्षिक साधरण सभामा मन्त्री खतिवडाले पत्रकारले आँखामा चस्मा लगाई समाचार लेख्ने गरेको बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि खतिवडाले पत्रकारको चस्मा दोषी भए वास्तविक तथ्य बाहिर नआउने बताए । उनले देशमा लगानीको वातावरण बनाउने जिम्मा पत्रकारको पनि भएको बताए ।
मन्त्री खतिवडाले कम्युनिष्ट सरकार संग विदेशी लगानी कर्ता विच्केको भनी केहि मिडियाले पिठो बिकाउन खोजेको आरोप लगाए । विदेशी लगानी ल्याउन नसक्नुको कारण सरकारका आन्तिरिक सेवामा कमजोरी भएको प्रष्ट पारे । उनले बजेट कार्यन्वयनलाई सहज बनाउन विदेशीले सहयोग गरेको बताए ।
आर्थीक वृद्धी भनेको उत्पादन भएको बताए । उत्पादन बिना आर्थीक वृद्धीले कुनै देशको अर्थतन्त्रको विकास नहुने उनको भनाई थियो । गत वर्षको आर्थीक वृद्धी पनि उत्पादनमा वृद्धी भएको कारण ७ प्रतिशत माथी पुगेको बताए।
‘कुनै पनि देशको उच्च आर्थीक वृद्धी सधैं हुँदैन’, भन्दै मन्त्री खतिवडाले ‘केहि अवधि उच्च आर्थीक वृद्धी हो’, भने । उनले भारतको आर्थीक मन्दिमा नेपालमा धेरै रुवाबासी भएको भन्दै त्यसले नेपालको अर्थतन्त्रमा धेरै प्रभाव नपार्ने बताएका छन् ।
FACEBOOK COMMENTS