काठमाडौँ । सिट बाँडफाँडबारे टुंगो लगउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरू सहित कार्यदलका सदस्यहरूको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित थिए ।
आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँडबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन् । तर उनीहरु सहमतिमा पुग्न सकेका छैनन् ।
मङ्गलबारको बैठकमा सिट बाँडफाँडका आधारहरूमाथि छलफल भएको थियो । बैठक भोलि पुन: बस्ने जनाइएको छ ।
FACEBOOK COMMENTS