दाङ– हालै सम्पन्न घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसन बाट अध्यक्ष पदमा मञ्जु बज्राचार्य चयन भएका छन् । बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको गठन भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफकमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले एशियाको सबैभन्दा ठूलोे उपत्यका दाङ जिल्लामा कृषि, उद्योग, व्यापार, पर्यटनको प्रचुर सम्भाबना रहेकोले उत्पादनमा वृद्धि लगायत सम्बद्र्धनकालागि अघि बढ्नुपर्ने बताएका छन् ।
बरिष्ठ उपाध्यक्षमल्लले दाङ कृषिको दृष्टिले अन्नबाली, नगदेबाली, मौरीपालन, पशुपालन र माछापालनका लागिमुलुककै अग्रणी जिल्ला रहेकोले मह, दूध, मासु मौसमीतथाबेमौसमी तरकारी तथा फलफूल खेतीमा अर्गानिक उत्पादन बढाएर अन्तर देशिय निर्यात तर्फ लाग्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS