काठमाडौं, भदौ २२ । महालक्ष्मी विकास बैंक लिमिटेडको बिर्तामोड शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्र रत्न माध्यामिक विद्यालयमा निर्माणाधिन महिलामैत्री शौचालयका लागि दुई लाख पचहत्तर हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ ।
शनिबार काठमाडौंमा सम्पन्न एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निकिता गिरीलाई उल्लेखित रकमको चेक हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य संजय गिरी लगायत बैंक तथा रोटरी क्लबका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
रोटरी क्लब अफ बिर्तामोडले अन्य स्थानिय स्रोतबाट रकम संकलनगरि निर्माण कार्य सम्पन्न गर्ने छ ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS