काठमाडौं– नेपाल राष्ट्र बैंकले आईतबार परिपत्र जारी गर्दै ‘प्वाइन्ट अफ सेल’ मार्फत् हुने भुक्तानीमा कुनैपनि प्रकारको शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।
मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले लिएको सो नीति राष्ट्र बैंकको परिपत्रसँगै औपचारिक रुपमा कार्यान्वयनमा आएको हो ।
यो व्यवस्थाले रेष्टुरेन्ट, टिकट काउन्टर लगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुलाई थप राहत हुने भएको छ ।
यस्तो भुक्तानीमा हालसम्म कहीँ अतिरिक्त शुल्क आएका थिए भने केही बैंकहरुले त्यस्तो सेवा निशुल्क गर्दै आएका थिए । अब भने यो पूर्णतः निशुल्क भएको छ ।
FACEBOOK COMMENTS