काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन् ।
काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन् ।
तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई बोलाएर ओलीले रात्री भोज दिएको बताइएको छ ।
बेलुकी ६ बजे दे एभरेस्ट होटलमा रात्रिभोज चलिरहेको हो ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक शनिबार आज सकिएको छ ।
एमालेले भोलि केन्द्रीय निर्वाचन कमिटी बैठक बोलाएको छ।
FACEBOOK COMMENTS