काठमाडौं– राजस्व अनुसन्धान विभागले नेपाल पान मसला उद्योगले राजस्व चुहावट गरेको अभियोगमा ठकरोड छद्द लाख विगो दाबी गर्दै जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको छ ।
विभागले उद्योग सञ्चालक कुतवुद्दिन शेषले राजस्व चुहावट गरेको भन्दै भदौ २३ गते मुद्दा दायर गरेको हो ।
उद्योगले प्रचलित कानून बमोजिम अन्तःशुल्क स्टिकर टाँस नगरिएको तथा आ.व. ७३÷७४, ७४÷७५ र ७५÷७६ को खरीद खाता, बिक्री खाता, उत्पादन खाता, अन्तःशुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्ट, विद्युत खपतको विवरण नराखेको विभागले जनाएको छ ।
विभागले अनुसन्धान गर्दा उद्योगले कच्चा पदार्थको हिसाब किताब एवम् लेखा लापरवाही तथा त्रुटिपूर्ण तरिकाले राखी प्रचलित कानून बमोजिम कच्चा पदार्थ एवम् प्याकेजिङ्ग मटेरियलको खपत र सो बाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नर्म्स अनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्री वितरण गरेको भन्दै मुद्दा दायर गरेको छ ।
FACEBOOK COMMENTS