काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी लिएका छन् ।
वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बाह्र स्थानीय तह रहेको यस जिल्लाबाट एक वर्षमा सात हजार नौ सय १९ फाराम सङ्कलन भएको थियो । छ हजार नौ सय ३३ थान राहदानी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक बाट वितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार वैदेशिक रोजगारीका लागि तीन हजार पाँच सय ५५ महिला तथा चार हजार सात सय ९९ पुरुषले राहदानी लिएका हुन् । कहिले भने राहदानी लिन नआउने गरेको कार्यालयले जनाएको छ । राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा रु चार करोड ३३ लाख ८६ हजार दुई सय राजस्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS