काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका भदौ २३ गते राष्ट्रिय सभागृ काठमाण्डौंमा २०औं र २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त सभामा प्रस्ताव गरिएको १५.८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
सभाबाट पारित १५.८९ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु ८ अर्व १३ करोड ३८ लाख ४० हजार ८ सय २२ पुग्नेछ ।
हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२० शाखा र ८६ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
बैंकले आर्थिक वर्ष २०७५÷७६ मा रु. ७३ अर्ब ३५ करोड निक्षेप परिचालन तथा रु. ६४ अर्ब ८१ करोड कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब ५१ करोड आर्जन गरेकोछ ।
FACEBOOK COMMENTS