काठमाडौं– प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले सातै प्रदेशमा लगानी सम्मेलन गर्नुपर्ने सुझाव दिएका छन् ।
काठमाडौंको होटल हायतमा भैरहेको पूर्वधार सम्मेलनमा प्रदेशका संभावना सेसनको अध्यक्ष गरेका महराले प्रदेशका मुख्यमन्त्रीहरुको कुरा सुनेर उक्त सुझाव दिएका हुन् ।
महराले सेसनलाई सम्बोधन गर्दै हरेक प्रदेशका संभावना निजी क्षेत्रलाई देखाउनका लागि सबै प्रदेशले लगानी सम्मेलन गर्नुपर्ने बताए । ‘प्रदेशस्तरमा सम्मेलन हुँदा त्यहाँको वस्तु स्थिति थाहा हुन्छ जसले प्रदेशमा लगानीको वातावरण बनाउन राम्रो भुमिका खेल्छ’, उनले भने ।
उनले विदेशीले नेपालमा लगानी गर्न खोजेको भन्दै प्रदेशहरुले लगानी गर्ने वातावरण बनाउन पहल गर्नु पर्ने उनको भनाई छ । प्रदेश सरकारले स्थानिय तह र संघसंग आवश्यक समन्वय गरेर काम गर्यो भने नेपालमा विदेशी लगानी भित्रन गाह्रो नहुने उनले बताए ।
नेपाल पर्यटकीय, उर्जामा जलस्रोत, पूर्वधारमा यातयातका दृष्टीले संभावनै संभावना बोकेको देश भएको बताए । ‘यी क्षेत्रको विकासलको लागि नेपाल सरकारको स्रोतसाधनले मात्र पुग्दैन त्यसको लागि निजी क्षेत्रको लगानी आवश्यक पर्छ’, भन्दै उनले‘ देशका सम्पूर्ण विकास गर्नको लागि नेपाल सरकार र निजी क्षेत्रको मात्र स्रोत साधानले पुग्दैन त्यसको लागि विदेशी लगानी आवश्यक छ’ ।
नेपाल युवाहरु भएको देश हुँदा यहाँको स्रोत साधन प्रयोग राम्ररी गर्नसके नेपालको विकास हुन धेरै समय नलाग्ने उनको ठहर छ ।
FACEBOOK COMMENTS