काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा शुक्रवार आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको दाबी गरे ।
अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्ने, देशमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखेँ । उनले देशको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थीलाई आग्रह गरे । उन ले आउँदो चुनावमा पहिलो पटक मतदान गर्ने विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह गरे । आउँदो मङ्सिर ४ गते हुने चुनावबाट देशको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो ।
अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले सङ्घीयताको सफल कार्यान्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राखे ।
FACEBOOK COMMENTS