काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रूपान्तरणका लागि लाग्नुपर्ने बताएका छन् । उनले उद्यमशीलता र श्रमले मात्रै आर्थिक रुपमा सबल भइने उल्लेख गरे।
झापाको गौरीगञ्जमा शुक्रबार भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपालको विकास नेपालीले मात्रै गर्न सक्ने बताए ।
“देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नु पर्छ, सीमावर्ती शहरलाई स्मार्ट सिटिका रुपमा विकास गर्नुपर्छ ।
” पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले परम्परागत कृषि प्रणालीलाई व्यवस्थित गर्दै आधुनिकरण गरिनुपर्ने बताए ।
FACEBOOK COMMENTS