काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्नेगरि विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारणसभामा उनले विदेशमा रहेका नेपालीलाई चलचित्र हेर्न सहज बनाउनुपर्ने बताए ।
मन्त्री कार्कीले निर्माता सङ्घमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै नेपाली चलचित्र कला, संस्कृति र भूगोललाई समेटेर बनाउँदा विश्व बजारमा राम्रो स्थान पाउनसक्ने उनले विश्वास व्यक्त गरे।
निर्माता र कलाकारको हकहितको सुरक्षा गर्ने तथा विश्वसामु नेपाली चलचित्रलाई चिनाउनुपर्ने मन्त्री कार्कीको भनाइ थियो ।
FACEBOOK COMMENTS