काठमाडौँ । बाराको निजगढ नगरपालिकामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट घनश्याम तिमल्सिनाको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षमा पवन पुलामी, सचिवमा प्रशान्त तामाङ, कोषाध्यक्षमा मनमाया श्रेष्ठ उपसचिवमा कृष्ण महतो र निरोज खतिवडा रहेका छन् । निजगढ नगर उद्योग वाणिज्य संघको हलमा शनिबार सम्पन्न भएको नगर अधिवेशनलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले नेकपा एमाले फुटले बारामा कतै पार्टी कमजोर भयो कि भन्ने भ्रममा नपर्न सबै कार्यकर्तालाई अनुरोध गरेका छन् । उनले पार्टी फुटे पनि त्यो क्षति पूर्ति भइसकेको बताएका छन् । उनले आउँदो निर्वाचनमा नेकपा एमालेलाई झन् बलियो देखेर डराएर अन्य पार्टीले मोर्चा बन्दी गरेको बताए । जति मोर्चा बन्दी गरे पनि एमालेको जित सुनिश्चित भएको दाबी समेत उनले गरे ।
यस्तै प्रमुख अतिथि अध्यक्ष पौडेलले समाज र देश बनाउन युवा शक्तिको खोचो भए भई पार्टी बलियो बनाउनुमा पनि युवाको भूमिका महत्त्वपूर्ण हुने भएकोले त्यो अनुसारले लाग्न राष्ट्रिय युवा संघ नेपाल निजगढ कमिटी आग्रह गरेका छन् । आउँदो निर्वाचनमा नेकपा एमाले लाई जिताउन युवा संघ नै क्रियाशील भएर लाग्नु पर्ने भएकाले अब चुस्त दुरुस्त भएर लाग्न उनले अनुरोध गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, युवा संघ नेपालका बारा जिल्ला इन्चार्ज तिलक घलान, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य इराज कोइराला लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
युवा संघ नेपालका निजगढका अध्यक्ष माधव न्यौपानेको सभाध्यक्ष भएको कार्यक्रमका सञ्चालन श्याम कृष्ण घिमिरेले गरेका थिए ।
यस्तै बिच अधिवेशनमा युवा संघको कमिटीलाई चलायमान बनाउन युथ फोर्स समेत गठन गरिएको छ । अधिवेशनले युवा संघ नेपालका निजगढका निवर्तमान अध्यक्ष माधव न्यौपानेको संयोजक र मुकेश शाहको सह–संयोजक रहेको ३४ सदस्यीय युथ फोर्सको कमिटी गठन गरेको हो ।
FACEBOOK COMMENTS