काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बिजुली निर्यात गरेर मुलुक आर्थिक रुपमा समृद्ध नबन्ने तर्क गरेका छन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा अर्थमन्त्री शर्माले बिजुली बेचेका छौँ भनेर गर्व गर्नु नपर्ने बताए । उनले अब विद्युत बेच्ने युग नभएको भन्दै प्रयोग कुरालाई प्राथमिकतामा राखिनुपर्ने बताए ।
‘अहिले विद्युत बेच्नुपर्छ भन्ने छलफल भएको छ, विद्युत बेच्ने हो की प्रयोग गर्ने हो, हामी विद्युत बेच्न पाए गर्व मान्छौं, अब विद्युत बेच्ने जमाना गयो’ अर्थमन्त्री शर्माले भने, ‘विश्वमा ६ जीको कुरा आइसक्यो हामी २ जीका कुरा गरिरहेका छौँ । हाम्रो सोचाई नै साँघुरो छ ।’
एचआइडिसियल र निफ्रालाई मर्ज गर्न प्रश्ताव राख्दा समेत त्यसमा रुचि देखिन, किन भन्दा संस्थामा अर्को मान्छे सिइओ हुन पाइनँ भन्ने स्वार्थ रहेका छन्, निफ्राले पूर्वाधार विकासमा प्रभावकारी भुमिका खेलेर लगानीको व्यवस्था गर्ने क्षमतामा वृद्धि गर्नुपर्छ,’ उनले भने ।