काठमाडौं । चौथो नेपाल पूर्वाधार सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।
नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको पूर्वाधार सम्मेलनको समापन समारोहमा सञ्चार सूचना तथा प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दशवर्षमा समृद्ध नेपाल बनाउने गरी काम गर्नुपर्ने बताए । उनले २०१५ सालमा विपीकोइरालाले देखेको सपना अनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्ने बताए ।
दोस्रो पटक निर्वाचन सम्पन्नभएर तिनै तहका सरकार निर्वाचितभएसँगै राजनीतिक समस्या समाधानहुने र आगामी निर्वाचनबाट आउने सरकारको प्राथमिकता आर्थिक विकासमा पर्ने मन्त्री कार्कीको भनाइ छ ।
‘१० वर्षपछि सम्पन्न देशकानागरिक हुने गरी सबैले आआफ्नो ठाउँबाट कामगर्नुपर्छ । हामीले पूर्वाधार निर्माण गर्न कुलग्राहस्थउत्पादनको ९ प्रतिशतसम्मलगानीगर्नु पर्नेछ’ कार्कीले भने, ‘सरकार एक्लैले पूर्वाधारका क्षेत्रमालगानीगर्न सक्दैन । निजी क्षेत्रलाई पूर्वाधारमा लगानीगर्न वातावरण बनाउन हामीतयार छौं ।’ निजी क्षेत्रको सक्रिय सहभागिताबिना नेपालमा पूर्वाधार विकास हुननसक्ने मन्त्री कार्कीले बताए ।
‘तपाईंहरु सबैलाई पूर्वाधार निर्माणका क्षेत्रमा लगानीगर्न आग्रह छ,’ कार्कीले सम्मेलनमा सहभागीलगानीकर्तालाई भन्नुभयो, ‘पूर्वाधार निर्माण गर्नु मात्रै उपलब्धी होइन् । निर्माण भएका पूर्वाधारलाई पूर्ण उपभोग समेत गर्न सक्नुपर्छ ।’
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्रीउमेश श्रेष्ठले देश विकास गर्न राजनीतिक नेतृत्व र कर्मचारीको सोच परिर्वतन हुनुपर्ने बताए ।
‘मैले नीति बनाउने ठाउँमा पनि काम गरे । व्यवसाय पनि गरे । नेपाल विकास हुन धेरै समय लाग्दैन्,’ श्रेष्ठले भने, ‘हामीले आर्थिक विकास गर्न कयौं नीति र कानून संसोधन गर्नु पर्नेछ । हामी त्यहीँ दिशामा लागेका छौं ।’
देश भित्र रोजगारी सिर्जनागर्न समेत पूर्वाधार र उद्योगका क्षेत्रमा लगानी बढाउन आवश्यक भएको भन्दै मन्त्रीश्रेष्ठले कर्मचारी र राजनीतिक नेतृत्वको सोच परिर्वतन भए देश सजिलै विकास हुन सक्ने बताए ।
‘समृद्धिको लागि सकारात्मक वातावरण बनाउनुपर्छ । सरकार धनीभयो भने ठूला पूर्वाधारमा लगानीगर्न स्रोत जुटाउन सकिन्छ,’ श्रेष्ठले भने ‘तर, सरकार एक्लैले केहीगर्न सक्दैन् । सरकार निजी क्षेत्रसँग सहकार्य गरेर कामगर्न तयार छ ।’
समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अघिल्लो तीन संकरणको कार्यक्रम जस्तै यो कार्यक्रमपनि सफल भएको बताए । ‘ठूला पूर्वाधार कसरी निर्माण गर्ने, औद्योगिकपूर्वाधार निर्माण गरेर व्यवसाय सञ्चालनको लागत कसरी घटाउने भन्ने विषयमा सघन छलफल भएको छ,’ अग्रवालले भने ‘यस सम्मेलनमाकोरोनामहामारीपछि बदलिएको अवस्थामा कस्ता पूर्वाधार निर्माण गर्ने भन्ने विषयमाकयौं सुझावआएका छन् । हामीहरु ती सम्पूर्ण सुझावलाई नियामकनिकायसम्म लैजान र निजी क्षेत्रको तर्फबाट गर्नुपर्ने काम पुरा गर्न प्रतिवद्ध छौं ।’
FACEBOOK COMMENTS