काठमाडौं– एन आई सी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यान जिल्ला, शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा यही भाद्र ३१ गतेदेखि सञ्चालनमा आएको हो ।
बैंकले सञ्चालनमा ल्याएको यस श्रीनगर शाखाकोे समुद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी ले गरेका हुन् । श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहक हरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
FACEBOOK COMMENTS