काठमाडाैं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा महेश भट्टराई नियुक्त भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई महानिर्देशको जिम्मेवारी दिएका हुन् ।
उनी केहि दिन अघि मात्र अर्थ मन्त्रालयबाट सरुवा भएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएका हुन्। अर्थ मन्त्रालय मातहत हुँदा उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख थिए ।
FACEBOOK COMMENTS