उद्योग वणिज्य मन्त्री मात्रिका यादबले भाष्णमा दुई पैषा कसैको नखाने र दुई पैषा कसैलाई नदिने भने पनि सरको रबैया भने आर्कै देखिएको छ । सरकार कालो बजारीयाकै पक्षमा सरकार देखिएको छ । यसको उद्धारण चिनीमा लगाएको परिमाणात्मक बन्देज फुकुवा नगनु नै देखिन्छ ।
सरकारले चिनीमा लगाएको परिमाणात्मक बन्देज फुकुवा नगर्दा तिहारमा बजारमा चिनीको अभाव हुने छ । साल्ट्र टेडिङ्ग कर्पाेरेशन संग रहेको चिनीको मौज्दात पनि सकिन थालेपछि बजारमा चिनी महङ्गो हुने भएको हो । कर्पाेरेशनसँग चिनी नहुँदा बजारमा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गर्छन् । कर्पोरेसनसँग दसैंका लागि सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा विक्रि गर्नबाहेक चिनीको मौज्दात छैन ।
सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने नाममा चिनीको आयातमा लगाएको परिमाणात्मक बन्देज फुकुवा नहुँदा कर्पोरेसनले यो वर्ष चिनी खरिद गरी आयात गर्न पाएको छैन । कर्पाेरेशनसँग गत वर्षमै खरिद गरेको पाँच हजार मेट्रिकटनमध्ये अहिले करिब एक हजार पाँच सय मेट्रिक टन मात्रै मौज्दात छ । कर्पाेरेशनका नायव महाप्रवन्धक कुमारराजराज भण्डारीले चिनीको मौज्दात सकिन लागेकाले आयातमा लगाइएको प्रतिवन्ध खुलाउन पहल नगरे तिहारमा अभाव हुने बताए ।
यो परिमाण सकिएपछि कर्पोरेसनसँग चिनी मौज्दात शून्य हुने छ । कर्पोरेसनले असोज अन्तिम सातादेखि उपभोक्तालाई चिनी विक्रि गर्न आफूसँग मौज्दात नभएको जनाएको छ ।
चिनी आयात गर्नका लागि प्रस्ताव पठाएका छौ, उनले भने ‘अहिलेसम्म कुनै निर्णय नआएकाले यस पटक तिहारमा चिनी अभाव हुने देखिन्छ ।’ उनका अनुसार चिनीको मौज्दात कम भएकाले कर्पोरेसनले केही महिनादेखि कम परिमाणमा चिनी विक्रि गर्दै आएको छ ।
कर्पोरेसनसँग चिनीको मौज्दात नहुँदा यो वर्ष खुद्रा विक्रेतालाई चिनी विक्रि गर्न नपाएको भण्डारीले बताए । ‘अन्य वर्षमा मौज्दात अवस्था हेरेर खुद्रा विक्रेतालाई पनि चिनी विक्रि गरेका थियौं’, उनले भने, ‘तर यो वर्ष निश्चित परिमाणमा आम उपभोक्ताबाहेक कसैलाई दिन सकेनौं ।’
सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने नाममा चिनीको आयातमा लगाएको परिमाणात्मक बन्देज फुकुवा नहुँदा कर्पोरेसनले चिनी आयात गर्न पाएको छैन ।
FACEBOOK COMMENTS