काठमाडौं । सरकारी अधिकारीहरूले अर्थतन्त्र सही दिशामा अघि बढेको दाबी गरिरहेका बेला तथ्यांकले भने अर्थतन्त्रमा बाह्य दबाब कायमै रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको चालू आर्थिक वर्ष ९आव० २०७९र८० को पहिलो महीनाको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा देशको शोधनान्तर स्थिति, मुद्रास्फीति, विदेशी मुद्राको सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचक सकारात्मक छैनन् । गत आवको शुरूदेखि अर्थतन्त्रमा देखिएको दबाब कायमै रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले अर्थतन्त्रमा बाह्य दबाब कायमै रहेकाले सजग बन्नुपर्ने अवस्था रहेको बताए । ‘मुद्रास्फीति, शोधनान्तर घाटालगायत सूचकले हामी अझै दबाबमा छौं भन्ने देखाउँछ,’ उनले भने, ‘ढुक्क हुने अवस्था छैन, सजग भएर बस्नुपर्छ ।’
राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महीनामै मूल्यवृद्धिदर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी ९८ दशमलव २६ प्रतिशत० पुगेको छ । अघिल्लो महीना असारमा मूल्यवृद्धिदर ८ दशमलव शून्य ८ प्रतिशत थियो । पोहोर साउनमा उक्त दर ४ दशमलव ३५ प्रतिशत थियो ।
आयातमा आधारित अर्थतन्त्र भएकाले विदेशमा महँगी उच्च हुँदा त्यसको प्रभाव नेपालमा परेको हो । सरकारले चालू आवमा मूल्यवृद्धिदर ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।
देशमा भित्रनेभन्दा बाहिरिने रकम उच्च हुँदा साउन मसान्तमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा छ । शोधनान्तर स्थिति घाटामा भए पनि अघिल्लो आवको साउनको तुलनामा भने सुधार देखिएको छ । २०७८ साउनमा शोधनान्तर घाटा ३८ अर्ब ७५ करोड रुपैयाँ थियो ।
रेमिट्यान्स र व्यापारघाटामा सुधार भए पनि भ्रमण व्यय उच्च हुँदा शोधनान्तर घाटा उच्च भएको हो । सरकारको नीतिका कारण आयात प्रभावित भएसँगै निर्यात पनि घटेको छ, जसले गर्दा शोधनान्तर स्थितिमा अपेक्षाकृत सुधार हुन नसकेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS