काठमाडाैं । नाडा ईभी एक्पोको अन्तिम दिन भएको ईभी चौतारिमा विद्युतीय सवारीमा हुने ब्याट्रि र चार्जको बारेमा छलफल भएको छ ।
आईतबारको छलफलमा प्रयोग भइसकेको ब्याट्रिको व्यवस्थापन र चार्जर स्टेशन निर्माणको बारेमा छलफल भएको हो ।
कार्यक्रममा यातायात व्यवस्था विभागका निर्देशक पौडेलले ब्याट्री रिसाइकल गर्न एउटा पोलिसि आवश्यक रहेको बताए । उनले नेपाल भित्र नै रिसाइकल गर्न सकिने भए बाहिर नपठाउने र यहाँ रिसाइकल गर्न नसकिने भए सम्बन्धीत उत्पादक कम्पनीमा पठाउँदा राम्रो हुने धारणा व्यक्त गरे ।
नाडाकी कर्यकारी सदस्य यमुना श्रेष्ठले विद्यतीय गाडीको ब्याट्री व्यवस्थापनमा ठुलो चुनौति रहेको बताइन् । उनले आफुले बिक्री गर्दै आएको बीवाईडी गाडीको ब्याट्री नेपालमा नै रिसाइकल गर्नेबारे गृहकार्य भइरहेको बताइन् ।
श्रेष्ठले प्यारेन्ट्स कम्पनीले पनि ब्याट्री प्रयोग बिहिन भएको अवस्थामा फिर्ता लागे जनाएको उनले बताइन् ।
उनले उपभोक्ताले कुन चार्जर प्रयोग गर्दा राम्रा हुने भन्ने बारेमा पनि सुझाएकी छिन् । उनले चार्जरको मूल्यसहित विश्लषण गरेर डिसी फास्ट चार्जर लगाउन सुझव दिएकी छिन् ।
अटो पत्रकार संघका महासचिव सागर गजुरेलले सरकार, स्टेकहोल्डर र आम जनताको लगानिमा चार्जिङ्ग स्टेशन निर्माण गर्नुपर्ने सुझाव दिए । उनले विद्युध प्राधिकरणले ५० वटा स्टेसन बनाउन ४० करोड खर्चेको सन्दर्भ जोडदै स्टेसन बनाउन कम्पनी खोलेर जनतालई पनि सहभागि गराउनु पर्ने धारणा राखे ।
उनलेल विद्युतीय गाडिमा २ प्रकारको चार्जर मात्र प्रयोग गर्न र गराउन व्यापारी र उपभोक्तालाई आग्रह समेत गरे ।
त्यसका साथै उनले प्रयोग गरिसकेको व्यट्रिलाई कहाँ र कसरि व्यवस्थित गर्ने भन्नेबारे पनि जिज्ञासा राखेका थिए । उनले लाखौँ विद्युतिय गाडिको व्याट्रि सकिएपछि त्यसको उचित व्यवस्थापनमा ध्यान दिन सरकारवाला पक्षहरुलाई आग्रह गरे ।
त्यसैगरी नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनेज सिलवालले प्राधिकरणले कुनै व्यापार गर्न चार्जिङ स्टेसन निर्माण नगरको स्पष्ट पारेका छन् ।
‘प्राधिकरणले कुनै व्यापार गर्न स्टेसन बनाएको होइन, हामिले विद्युतीय सवारी साधनलाई प्रवद्धन गरौँ भन्ने उद्देश्यले स्टेसन निर्माण गरेका हौँं’, उनले भने।
डिजिटल माध्यमबाट सो गोष्ठीमा सहभागि जनाएको यूगेन नर्बुले भुटान सरकारले विद्युतीय सवारी साधन प्रवद्धन गर्न लिएका नीतिको बारेमा जानकारि दिए ।
उनले भुटान सरकारले विद्यतीय गाडिमा लगाइएका कर, दिइएको छुटको बारेमा विस्तृतरुपमा जानकारी दिए।
नाडाले विद्युतीय सवारी साधनको बारेमा विभिन्न कोणबाट विश्लेषाण र त्यसको जानकारि दिनको लागि ‘ईभी चौतरी’को आयोजना गरेको हो । आजको सो गोष्ठीमा करिब एक सय जनाको सहभागिता रहेको थियो ।
पहिलो दिन अर्थात शुक्रबार विद्युतीय सवारी साधनको प्राविधिक कुराहरु र सिस्टमको बारेमा छलफल भएको थियो भने दोस्रो सेसन अर्थात शनिबार विद्युतीय सवारी साधनसँग जोडिएको अर्थका कुराहरुमा छलफल भएको थियो ।
FACEBOOK COMMENTS