१४ असोज, काठमाडौं । दुब्र्यसनीको लतमा लठ्ठ पर्ने कुलतमा लागेकि एक महिलाले सभामुखलाई नै राजिनामा दिन वाध्य पारेको घटनाले हाल नेपाललाई तरंगित तुल्यायो । यो घटनाले राज्य महिला प्रति कति उदार छ भन्ने समेत देखाउँछ ।
देशको मान सम्मान माथि हुने घटनामा कति लचकता अपनाउने भन्ने दृष्टान्ट न नेकपाको सचिवालयको देखियो न सरकारको नै । सोझा सभामुख माथि दुब्र्यसनीको रुपमा परिचित रोशनी शाहीले रक्सीले मातेर लगाएको आरोप कतिसम्म सत्यता छ भन्ने तर्फ भन्दा पनि सभामुखलाई हटाएर कसरी दुनो सोजाउन सकिन्छ भन्ने तर्फ पार्टि र सरकारका केहि ब्यक्ति अग्रसर देखिए ।
के भएको थियो आईत बार
रोशनी शाहीले सभामुख कृष्णबहादुर महरालाई पहिला यौन दुब्र्यवहार र पछी बलात्कार गर्यो भन्दै केहि मिडिया माफत झ्यालि पिटीन् ।
रोशनीले झ्यालि त पिटीन् तर रोशनी आफै् ‘डिप्रेसन’को रोगीरहेको र केही महिना अघि विष सेवन गरेर आत्महत्याको प्रयास समेत गरेको खुलेपछी महरा माथि लगाएको आरोप मिथ्या सावित हुन थाल्यो । उनी ‘डिप्रेसन’ का कारण लामो समयदेखि तनावमा रहदै बरबराउने, अत्याधीक मदिरा सेवन गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरुले खुलासा गर्न थाले र प्रहरिको अनुसन्धान उनि तिर नै सोजिन थाल्यो ।
घटना
तीनकुने एरियामा बलात्कारको घटना भएको खबर आएपछि बानेश्वर वृत्तका प्रहरी अधिकारी आइतबार राति ९ बजेतिर लोकेसन ट्रेस गर्दै रोशनी को डेरामा पुगेका थिए । प्रहरीले बाहिरबाट फोन गरे । रक्सीले मातिएकि महिलाले भोलि कुरा गर्छु भनिन् । फोन काटियो ।
प्रहरी अधिकारीले पुन फोन गरी आफू कोठाकै बाहिर आएको र केही अप्ठ्यारो परेको छ भने भन्नुहोला भनेपछि महिला ढोकामा आइन् । रातिको मामिला, एक्ली महिला भएका ठाउँमा भित्र पस्न प्रहरी हिच्किचाए । र, घरमा अरु पनि कोही छन् कि छैनन् भनेर प्रहरीले ढोका बाहिरैबाट सोधे । त्यसपछि उनले घरबेटी बोलाइन् ।
सो घरमा रोशनी र घरबेटीसमेत दुईजना महिला मात्र थिए । घरबेटी महिला निकै वृद्ध देखिन्थिन् ।
रक्सीले मातेको अवस्थामा रोशनीले सभामुखले आफूलाई कुटपिट र जवरजस्ती करणी गरेर फर्केकोे प्रहरीलाई सुनाइन् । प्रहरीलाई यो कुरानै अपतियारो लाग्यो । प्रहरिले अस्पताल जाउ भन्यो रोशनीले मानिन । रोशनी नमाने पछी भोलि उजुरी लिएर आउन सुजाएर प्रहरि त्याहावाट लागे । प्रहरिका अनुसार रोशनी मदिराले मातेको अवस्था थिइन् । उनी बरबराउदै महराले रक्सी लिएर आएको र आफूलाई पनि खान आग्रह गरेकाले खाएर मातेको उनले प्रहरीलाई बताएका थिए । रोशनीले रक्सीको कुरामात्र गरीरहे पनि कोठामा रक्सी र वियरका बोतल र गिलासहरु छरिरहेको थियो । महिलाले फुटेको चश्मा देखाउँदै त्यो सभामुख महराको भएको बताइन् । र निकै पुरानो जुत्ताको तलुवा झिकेर यो पनि महराकै हो भनेर देखाएपछी विश्वास गर्ने कुरै भएन ।
मिडिया तताए
रात भरि मातिएकी रोशनीले मातेकै अवस्थामा विहान केहि मिडिया बोलाए र छेउन टुपोका कुरा र चस्माको भाचिएको टुक्रा र थोत्रो तलुवा देखाए मिडिया लाई पनि खुराक पुगि हाल्यो समाचार भाइरल भई हाल्यो । छोरीले पठाएको खानेकुरा खाएर राति ८ बजेनै सुतेका सभामुख वाक्न बाक्क भए ।
सभामुखको राजिनामा
विहान देखिनै सरकारलाई नराम्रो भन्न पलकेका सञ्जाल र विपक्ष नेताहरु गर्जन थाले । गर्दै नगरेको कुरार जादै नगएको ठाउँको बाद कसरी लाग्छ भनेर अति भद्र ब्यक्ति भएका कारण सभामुख महराले पनि छानविनमा कुनै असर नपरोेस भनेर राजिनामा दिए ।
हाईप्रोफाइल ड्रामा
आरोप लागाउने रोशनिले नै महरा निदोष भएको स्टेटमेन्ट दिएछि । दुई दिनको हाईप्रोफाइल ड्रमा सकिएको छ ।
यस वाट सिक्न पर्ने पाठ
कसैले आरोप लगायो भने सरकारले आरोप पुष्टी गर्ने समय तोक्नु पर्छ । आरोप प्रमाणित भएको खण्डमा मात्र आरोपीतलाई कठघरामा लगिनु पर्छ । यसैको पाठको रुपमा महार लाई मिडियाले आरोपित बनाए । पार्टीका नेताहरु समेत सत्य तथ्य नबुझि राजिनामा दिन अराए । विपक्ष ठाउ खालि गराएर आफनो दुनो सोजोगर्न लागे । यो घटना सभामुखलाईनै परेको हुनाले कानुनमा पक्कै पनि परिर्वतन आउने र यस्ता बेफ्वाकमा फसेका मानिषहरुको आस पलाएको छ ।
FACEBOOK COMMENTS