काठमाडौँ । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । यसअघि नै गठबन्धनको सिट बाँडफाँटमा असन्तुष्टी जनाउँदै अन्य दलसँग सहकार्यको ढोका खुला रहेको जनाएको जसपा बैठकमा अनुपस्थित भएको हो ।
सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए ।
जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ । एक नेताका अनुसार २२ सिटमा एमाले र जसपाबीच सहमति भएको छ ।
FACEBOOK COMMENTS