काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन् ।
झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उनले बताए । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाइ थियो । साथै उनले प्रहरी प्रशासनलाई गैर कानुनी क्रियाकलाप रोक्न आग्रह गरे ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई कानुनको पूर्ण पालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गरे । निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । मङ्गलवार झापा आएका ओली बुधवार बिहान १० बजेपछि नियमित कार्यक्रम तथा भेटघाटमा सहभागी भएका छन् ।
FACEBOOK COMMENTS