काठमाडौं । नेकपा एमालेका नेता डाक्टर भीम रावलले निर्वाचन आयोगप्रति कडा टिप्पणी गरेका छन् ।
निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि रावलले कडा टिप्पणी गरेका हुन् । नेता रावलले व्यङ्ग्य गर्दै आयोगलाई प्रश्न गरेका छन्, ‘ कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ? ’
आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको रावलको दाबी छ ।
FACEBOOK COMMENTS