काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् ।
नेपाल पूर्व प्रहरी सङ्गठन जिल्ला समिति रुपन्देहीले शनिवार भैरहवामा आयोजना गरेको छलफलमा उनले भने, “मुलुकमा तीव्र विकास जरुरी छ । जनभावनाअनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाउन पाँच दलीय गठबन्धन गरिएको हो ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले वर्तमान सरकार र गठबन्धनले मुलुकको हितका लागि मात्र काम गरेको र आउँदा दिनमा पनि गर्ने बताए ।
उनले पूर्व प्रहरीलाई अवकाशपछि पनि गतिशील बनाए राष्ट्र सक्रिय रहने र स्वयं व्यक्तिसमेत लाभान्वित हुने बताए । “सेवामा रहँदा होस् वा अवकाशपछि होस्, उहाँहरूको भूमिका हरेक ठाउँमा अहम् हुने गर्छ”, उनले भने ।
FACEBOOK COMMENTS