काठमाडौं । व्यवसायीहरुले चर्को व्याजविरुद्व आन्दोलन गरिरहेको छ भने अर्कोतिर राष्ट्रबैंकले व्यवसायीमाथी अर्को डन्डा चलाएको छ ।
नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गदै व्यवसायहरुको ओभरड्राफ्ट खाता पुर्णरुपमा बन्द गरि दिएको छ । राष्ट्र बैंकको परिपत्रमा भनिएको छ “व्यवसायहरुले अब उपरान्त चल्ती खाता मार्फत मात्र कारोबार गर्ने पाउने छन् ” परिपत्र अनुसार व्यवसायले कुल ऋणको २० प्रतिशतमात्र नगद झिक्न सक्ने समेत जनाएको छ ।
यता शुक्रबार व्यवसायीहरुले भने माइति घर मण्डलामा विरोध प्रर्दशन गरेका छन् ।
उद्योगी व्यवसायीले धान्नै नसक्ने गरी बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको भन्दै उद्योगी व्यवसायीले सडक आन्दोलन शुरु गरेका हुन् । आज आयोजना गरिएको विरोध सभामा उद्योगी व्यवसायी र वित्तीय बैंकका सञ्चालकहरु समेतले सहभागिता जनाएका थिए ।
आन्दोलनको नेतृत्व काठमाडौं उद्योग वाणिज्य संघले गरेकाे थियाे भने ललितपुर, भक्तपुर, किर्तिपुर लगायतका दर्जनौ उद्योग वाणिज्य संघहरुले एक्यवद्वता जनाएका थिए । विरोध कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई अग्रपंक्तीमा रहेका थिए । त्यसैगरी, महासंघका पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघकै कार्यकारणी सदश्यहरु हेमराज ढकाल, प्रवलजंग पाण्डे, उद्योग वाणिज्य संघकी कोषाध्यक्ष सुष्मा महरा लगायत एक हजार व्यवसायीको सहभागी रहेका थिए ।
FACEBOOK COMMENTS