काठमाण्डौं, ०४ कार्तिक – महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले उपत्यकाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरीले उपत्यकामा फेसियल डिटेक्सन गर्न सक्ने उच्च प्रविधीयुक्त हाई टेक क्यामेरा जडान गर्ने तयारीमा रहेको बताएका छन् । मैतीदेवीमा नेपाल प्रहरी, स्थानिय तह, समुदाय र सामाजिक संस्थाको संयुक्त आयोजनामा भएको सुरक्षा सम्बन्धी अन्तर्क्िरया कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट संबोधन गर्दै उनले सो कुरा खुलासा गरेका हुन् । सुवेदीले समुदायको रमाईलो नै प्रहरीको खुसी रहेको बताउदै प्रहरी नागरिकको शान्ति सुरक्षामा दत्तचित्त भएर लाग्दै आएको पनि बताए । वरिष्ठ प्रहरी उपरिक्षक सुवेदीले दशैमा उपत्यकाको घर छाडेर गाउं वा घुमफिरका लागि अन्यत्र जादां प्रहरीलाई खवर गर्न नेपाल प्रहरीले जारी गरेको अनुरोध सफल साबित भएको बताउदै उक्त सुचनाका आधारमा करिव ५०० जनाले जानकारी गराई गएकामा ३ वटा घरमा चोरी प्रयास भएको र ती घरहरुमा चोरी हुन पुर्व नै चोर पक्रिन सफल भएको जानकारी गराएका थिए । साथै उनले शहरी क्षेत्रमा रहेका घरको मुल्य लाखौं करौडौ पर्ने भए पनि सुरक्षाका लागि हजारको आकडामा पाईने सिसिक्यामरा जडान गर्न खासै चासो दिने नगरेको प्रति कटाक्ष समेत गरे । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै काठमाण्डौं महानगरपालिका ३० नंबर वडाका वडाध्यक्ष दलबहादुर कार्कीले नेपाल प्रहरी र समुदाय बीचको समन्वयका कारण पछिल्लो समयमा अपराधिक घटनाहरुमा न्यूनिकरण हुदै गएको उल्लेख गर्दै समुदाय, प्रहरी र स्थानिय तह बीचको समन्वयमा जनचेतनामुलक कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन अझ लागिपर्नुपर्ने आवश्यकता औंल्याए । वडाध्यक्ष कार्कीले घरमा कस्तो मानिस राख्दैछौं भन्ने सवालमा पनि घर धनीले सावधानी अपनाउन सके आपराधिक गतिविधी नियन्त्रणमा सघाउ पुग्ने धारणा राखेका थिए । कार्यक्रममा महानगरिय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख, प्रहरी नायव उपरिक्षक भरत बाबु विकले समुदायबाट प्राप्त हुने सहि सुचना एवं साथ सहयोगले अप्रिय घटना रोक्नमा सघाउ पुग्ने जनाउदै आफ्नो टोल छिमेकलाई सुरक्षित बनाउन नागरिक स्तरबाट समेत आवश्यक जिम्मेवारीबोधका साथ अघि बढदै सहयोग पुर्याउन आग्रह समेत गरे । प्रहरी नायव उपरिक्षक विकले आउदै गरेको चाड तिहारमा वायु प्रदुषण जन्य पटका, विकृतिजन्य जुवातास र मादक पद्धार्थ सेवन गरि वातावरण प्रदुषण तथा सामाजिक मुल्यमान्यता माथि खलल पुर्याउने जो कोहि पनि कानुनी दृष्टिले कसुरदार ठहरिने हुदाँ त्यस्ता विकृतजन्य क्रियाकलापमा संलग्न नहुन आग्रह गरे । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले नागरिक समाज र प्रहरी बीचको साझेदारीले हिंसा र आतंक न्यूनिकरणमा टेवा मिल्दै आएको बताए । मैतिदेवी युनाईटेड युथ क्लबका अध्यक्ष राम कुमार खड्कीले सुरक्षित समाज निर्माणमा युवा लक्षित सचेतनामुलका कार्यक्रमलाई बढावा दिनुपर्ने धारणा राखेका थिए । अन्तक्र्रिया कार्यक्रममा जन समुदायको तर्फबाट आ आफनो राय, सुझाव एवं धारणा व्यक्त गर्दै चेतनामुलक कार्यक्रमका विषयमा धेरै भन्दा धेरै जनसंख्यासम्म सुचना एवं जानकारी नपुग्ने गरेको, लागु औषध, फोहर मैला, राजनैतिक खिचातानी आदी विषयले शान्ति सुरक्षा भंग हुने गरेको कुरा राखेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, सामुदायिक सेवा केन्द्र कालोपुलका अध्यक्ष चन्द्रबहादुर खत्री, काठमाण्डौं महानगरपालिका ३० नंबर वडाका वडा सदस्यहरु, महानगरीय प्रहरी परिसर, काठमाडौंका समुदाय शाखा प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेल, कमलपोखरी ट्राफिक इन्चार्ज प्रहरि उपरिक्षक सुनिल कार्की लगायतका प्रहरी अधिकृत, नगरवासी, राजनितिक दलका प्रतिनिधी, समानसेवी, बुद्धिजिवीको उपस्थिती रहेको थियो । सो अन्तक्र्रिया कार्यक्रममा नक्साल सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज वसन्तकुमार थापाले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए । . रक क्याफेमा आयोजित सो कार्यक्रम समुदाय प्रहरी वडा र टोल समिति, कामपा ३०, महानगरिय प्रहरी वृत्त, कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नक्साल र मैतिदेवी युनाईटेड क्लबले संयुक्त रुपमा गरेका हुन् ।
FACEBOOK COMMENTS