काठमाडौं,कार्तिक ५- सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीले धनुषाधाम न.पा. –१ निवासी स्व. विनोद मण्डलका हकवाला श्रीमती अनिताकुमारी मण्डललाई मृत्युदावीवापत चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले सोमबार एक कार्यक्रम आयोजना गरी प्रमुख अतिथी धनुषाधाम नगरपालीकाका मेयर वालेश्वर मण्डल र कम्पनीका महाप्रवन्धक कमलराज गौतमबाट सयुक्त रुपमा रु १०,३५,०००को चेक हस्तान्तरण गरीएको हो ।
स्वःविनोद मण्डलले बिमालेख नम्बर २०१००००००७६७ अन्तर्गत १५ बर्ष अबधिको नवीन आजीवन जीबन बिमा योजनामा बिमाङ्क रु.१०,००,००० को जीबनबिमा गराएका थिए ।
स्थानीयनिकायका जनप्रतिनिधिहरु, सुरक्षानिकायका प्रमुख, पत्रकार, स्थानीयबासिन्दा, बिमाअभिकर्ता लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा अतिथिलगायतबक्ताहरुले जीबनबिमाको महत्व र सन नेपाललाईफ इन्स्योरेन्स कम्पनीको बारेमा आफ्ना विचार राखेका थिए ।
FACEBOOK COMMENTS