काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस सेयर ५ प्रतिशत र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS