माेरङ । माेरङ क्षेत्र नं. ३ मा रेखा थापाकाे जमानत जफत हुने निश्चिच छ। विभिन्न पार्टीमा घुम्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी थापा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी छन् । टिकटकाे लाेभमा नै राप्रपा पवेश गरेकी थापा उम्मेदवार त बनिन् तर उनकाे जमानत जफत हुने निश्चित छ।
फिल्म क्षेत्रमा एकछत्र राज गरेकी नायिकाकाे रूपमा परिचित थापा अहिले आफुलाइ अभिनेत्रि भन्दा पनि राजनीतिज्ञ भन्न रूचाउँछिन् । अभिनयबाट चर्चित बनेकी थापाले आफ्नाे साेहि स्टार्डमलाइ प्रयाेग गरेर सांसद बन्न लागि परेकी छिन् ।जाे जुनै क्षेत्रबाट आएपनि सांसद बन्न चुनाव नै जित्नुपर्ने हुन्छ । तर, माेरङका जनताले थापालाई केवल नायिकाकाे रूपमा मात्र स्विकार गर्ने निश्चित छ । सांसद बन्ने उनकाे सपना केवल सपनामा मात्र सिमित हुने निश्चित छ ।
नायिका थापाकाे जमानत जफत हुने तथ्यहरू धेरै छन् । त्यसमध्येकाे एउटै तथ्य हाे उनी उम्मेदवार भएकाे क्षेत्रमा काँग्रेस र एमालेकाे दबदबा । माेरङ क्षेत्रनम्बर ३ मा नेपाली काँग्रेस र नेकपा (एमाले)काे पकड छ । २०४८ देखि दोस्रो संविधानसभा निर्वाचनसम्म एमालेले जित्दै आएको क्षेत्रमा राप्रपाकाे जनमत भने दयनीय छ ।
९ दल र ६ स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा रहेकाे यस क्षेत्रमा १ लाख ४९ हजार ८ सय ३३ मतदाता छन् । जाे जस्ले उम्मेदवारी दिएपनि यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा भने नेकपा एमाले र सत्ता गठमन्धनकाे हुने निश्चित छ । यस क्षेत्रमा एमालेका तर्फबाट पूर्वमन्त्रीसमेत रहेका भानुभक्त ढकाल चुनावी मैदानमा हाेमिएका छन् । त्यसैगरी सत्ता गठबन्धनकाे तर्फबाट नेपाली काँग्रेस शुनिल कुमार शर्माले उम्मेदवारी दिएका छन् ।
गत स्थानीय तह निर्वाचनमा २६ वडामध्ये कांग्रेसले एक उपप्रमुखसहित ११, एमालेले चारवटै पालिकाका प्रमुख र अध्यक्ष तथा दुई उपप्रमुख र उपाध्यक्षसहित १४ वटा र एउटा स्वतन्त्रले वडाध्यक्ष जितेका छन् । चारवटै पालिकामा वडाध्यक्षहरूले प्राप्त गरेको मतमा एमाले ४ सय ३१ मतले मात्रै अगाडि छ ।
स्थानीय तहमा वडा अध्यक्षहरूले पाएकाे मतका आधारमा यस क्षेत्रमा धेरै जनमत भएकाे पार्टी एमाले हाे । स्थानीय चुनावमा एमालेले ३७ हजार ४ सय १०, कांग्रेसले ३६ हजार ९ सय ७९, माओवादी केन्द्रले ७ हजार ३ सय ७३, नेकपा (एकीकृत समाजवादी) ले १ हजार ८ सय ५५, जनता समाजवादी पार्टीले ३ सय ८३ र राप्रपाले २ हजार २ सय २२ मत प्राप्त गरेका थिए।
वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सत्तारूढ गठबन्धन एमाले गठबन्धनभन्दा ८ हजार ४ सय १४ मतले अगाडि देखिन्छ । सत्तारूढ गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले ४६ हजार २ सय ७ र जसपासँग गठबन्धन रहेको एमालेका वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको मत ३७ हजार ७ सय ९३ रहेको छ ।
स्थानीय तहकाे चुनावमा दलहरूले पाएकाे मतका आधारमा विश्लेषण गर्नेहाेभने यस क्षेत्रमा थापाकाे जनमत जफत हुने देखिन्छ । स्थानिय तहकाे चुनावमा राप्रपाले २ हजार २ सय २२ मत मात्र प्राप्त विदितै छ। तथापि थापाले चुनाव जित्ने भाषण गर्दै हिड्नु केवल हास्यसपद मात्र भएकाे यसै क्षेत्रका स्थानियहरू बताउँछन् ।
FACEBOOK COMMENTS