काठमाडौं,कार्तिक ८ – ग्लोबल आईएमई बैक र जनता बैंक नेपाल मर्जर भएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुबै बैंकका अध्यक्षले मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका छन ।
दुबै बैकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। मर्जरपछि बन्ने बैकको नाम ग्लोबल आईएमई बैक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ।
मर्जर पश्चात बैकको संञ्चालक समितिमा ग्लोबल बैंकको तर्फबाट ५ जना र जनता बैंकको तर्फबाट दुईजना सदस्य रहने सहमति गरिएको छ।
मर्जरपछि बैकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब भन्दा बढी र कुल लगानी २ खर्ब पुग्नेछ।बैकले नेपाल राष्ट्र बैकको अन्तिम स्वीकृति पश्चात एकीकृत कारोबार सुरु गर्नेछन्।
FACEBOOK COMMENTS