काठमाडाैं । मतदान केन्द्रभित्रै पटका पड्किएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ ।
बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा पटका पड्किएको हो । तर, मतदाता भने बम विस्फोट गराइएको भनेर त्रसित भएर भागेका छन् । जसका कारण मतदान स्थगित भएको छ ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार मतदाताहरु लाइनमा बसेर मतदान प्रक्रिया गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो ।
विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ ।
मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
FACEBOOK COMMENTS