पूर्व सहमति नलिई मतदान स्थगन नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्न समेत निर्देशन दिएको छ । यस्तै साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको आयोगले जनाएको छ । स्थगित गर्नै पर्ने भए आयोगको पूर्व सहमति लिनुपर्ने आयोगले आज सूचना जारी गरी स्पष्ट गरेको छ ।
FACEBOOK COMMENTS