काठमाडौं । बाजुरामा मतपत्रमा आगो लगाइएको छ ।
बाजुराको स्वामिकार्तिक थापर गाउँपालिकामा मतपत्रमा आगो लगाइएको हो । मतदान केन्द्रमा रहेको समानुपातिक तर्फको मतपत्रमा आगलागी भएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायले पुष्टि गरेका छन् ।
उनले बक्स भित्रै मतपत्रमा आगो लागेको बताए ।
आगो कसले लगाएको भन्ने खुलेको छैन । अहिले मतदानको सम्पूर्ण प्रकिया रोकिएको छ।
FACEBOOK COMMENTS