काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले देशको सिस्टम भन्दापनि पात्रहरु खराब भएको बताएका छन् । काठमाडौंको सानोगौचरणमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि कर्पाेरेट खबरसँग कुरा गर्दै ढकालले लोकतान्त्रीक पद्धती खराब नभएकाले यसलाई जोगाएर लाग्नुपर्ने जनाए ।
देशको नेतृत्व गर्ने केही पात्रहरु खराब भएकै आधारमा यस पद्धतीलाई नै खराब भन्न नहुने उनको भनाई रहेको छ । यसका साथै उनले मतदातामा उत्साह नभए भन्नु पनि गलत रहेको बताए । उनले विगतको तुलनामा मतदाताहरुमा केहि उत्साह घटेको स्वीकारेपनि बाहिर हल्ला भएजसरी उत्साह नघटेको धारण राखे ।
संसारको कुनैपनि देशमा शतप्रतिशत मतदान नहुने उनको तर्क थियो । ७० प्रतिशतका हाराहारिमा मत खस्योभने त्यसलाई मतदातामा उत्साह धेरै रहेको बुझनुर्पने उनको धारणा थियो ।
उनका अनुसार २० प्रतिशत मतदाता विदेशमा र ८० पतिशत देशमा छन् । त्यसमध्य ५० प्रतिशत भोट खस्याभने पनि ७० प्रतिशतको हाराहारीमा हुने उनको भनाई छ ।
काठमाडाैं क्षेत्रनम्बर १ का मतदाता रहेका ढकालले अहिले भ्रष्टचारलाइ नियन्त्रण गर्नसक्ने व्यक्ति देशले खाेजेकाे बताए ।
FACEBOOK COMMENTS