काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभाका दुवै सिटमा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता दिएको छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार प्रदेशसभा (क) मा जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंहको ७३१, लोसपा नेपाल र जसपा नेपालका उम्मेदवारले समान १५२ मत पाएका छन् ।
यस्तै, प्रदेशसभा(ख)मा जनमत पार्टीका महेशप्रसाद यादवले ५३७ मत पाएका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका उमेशकुमार यादवले ३०८ मत पाएका छन् ।
FACEBOOK COMMENTS