काठमाडाैँ । ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गुल्मी क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।
सोमवार जिल्ला स्थित राजनितिक दलहरुसँग बसेको सर्वदलीय बैठकले बेलुका ५ बजे बाट रेसुङ्गा बहुमुखी क्याम्पसमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य पदका उम्मेवार गोकर्ण बिष्टको इश्मा गाउँपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ ।
गुल्मी २ मा प्रतिनिधि सभाका लागि एमालेबाट गोकर्ण बिष्ट र गठबन्धनबाट एकीकृत समाजवादी पार्टी सचिब रामकुमारी झाँक्री मुख्य प्रतिस्पर्धी हुन् । यस क्षेत्रमा १ लाख ४ हजार ३२७ मतदाता छन् । जसमा ५८ हजार ७७३ मत खसेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।३० जना उम्मेदवार रहेको यस निर्वाचन क्षेत्रमा गुल्मी २ मा ५६ प्रतिशत मत खसेको थियो ।
FACEBOOK COMMENTS