काठमाडौं, कार्तिक १४- सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ । उल्लेख्य संख्यामा रोजगारदाता र कामदार सूचिकरण हुन बाँकी रहेको भन्दै सूचीकरणका लागि एक महिना थप गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ।
कोषले आज (कात्तिक १४ गते ) एक सूचना प्रकाशनगरी सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप भएको जानकारी दिएको हो । तोकिएको अवधिभित्र सूचीकरण नहुनेलाई कानुन बमोजिम कारबाही हुने समेत कोषले जनाएको छ। कारबाही हुने भनीएपनि कस्तो प्रकृतिको भन्ने सूचनामा उल्लेख छैन।
हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।
FACEBOOK COMMENTS