काठमाडौँ । स्याङ्जा–१ मा नेपाली काँग्रेसका उम्मेदवार राजु थापा विजयी भएका छन्। शुक्रवार सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गरेका छन् । थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गरे।
थापाले ३१ हजार नौ सय ९९ मत पाउँदा उनका प्रतिस्पर्धी मरासिनीले २८ हजार सात सय ४४ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ हजार ६५ मत प्राप्त गरेका हुन् ।
थापा र मरासिनीबिच तेस्रो पटक प्रतिस्पर्धा भएको हो । स्याङ्जा क्षेत्र नं. १ मा २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका थापा विजयी भएका थिए । विसं २०७४ को निर्वाचनमा एमाले नेता मरासिनी विजयी भएका थिए। स्याङ्जा–१ (१) मा नेकपा एमालेका सुधीरकुमार पौडेल विजयी भएका छन् । १ (२) मा नेकपा एमालेकै सीता सुन्दास विजयी भएका छन् ।
FACEBOOK COMMENTS