काठमाडौं,कार्तिक १७ – बैंकहरुले निक्षेप र कर्जाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर सार्वजनिक गर्नेमा नेपाल इन्भेस्टमेन्ट बैंक,नबिल बैंक, जनता बैंक र सनराइज बैंक रहेका छन् ।
नेपाल इन्भेस्टमेन्ट बैंकले कार्तिक १६ गतेदेखि लागू हुने गरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार बैंकले निक्षेपमा ९.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
त्यसै गरी नबिल, जनता र सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा तीन वटा बैंकका ब्याजदर समान रहेको छ । जसमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ । बचतमा भने तीनै वटा बैंकको ब्याजदरमा भिन्नता रहेको छ ।
सनराइज बैंकको बचतमा अधिकतम ६ प्रतिशत र न्यूनतम ४ प्रतिशत ब्याज दिने भएको छ । त्यसै गरी नबिल बैंकले बचतमा अधिकतम ५.७५ प्रतिशत ब्याज दिने जनाएको छ । जनता बैंकले बचतमा ६.५० प्रतिशत ब्याज दिने भएको छ ।
हाल नबिल बैंक र सनराइज बैंकको १७ वटा बचत खाता सञ्चालनमा छन भने जनता बैंकले हाल २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS