काठमाडौँ । संसद्का महासचिवले महाभियोग निष्क्रिय भएको पत्र पठाएपछि सर्वोच्च फर्किने तयारीमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न नेपाल बार एसोसिएसनले अदालत परिसरमा धर्ना सुरु गरेको छ । महाभियोग निष्क्रिय पार्ने निर्णय गैकानुनी भएको बारको निष्कर्ष छ ।
नेपाल बारको पदाधिकारी बैठकले उनलाई रोक्नका लागि धर्न दिने निर्णय गरेको हो । अहिले सर्वोच्च परिसरमा वकिलहरुको बाक्लो उपस्थिति हुन थालेको छ ।
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।
त्यसपछि जबरामाथि लागेका विभिन्न आरोपमाथि अनुसन्धान गर्न महाभियोग सिफारिस समिति गठन भएको थियो । समितिले जबरालाई महाभियोग लगाउन सिफारिससमेत गरेको थियो । सिफारिस समितिका बहुमत सदस्यले राणालाई महाभियोग लगाउन सिफारिस गरेका थिए । एमाले र लोसपाका सदस्यले निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत लेखेका थिए । महाभियोग सिफारिस समितिले प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिनसम्म प्रतिवेदन दिन नसक्दा संसद्ले महाभियोग प्रस्ताव टुंगोमा पुर्याउन सकेको थिएन ।
महाभियोग छिनोफानो नभई प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निलम्बित प्रधानन्यायाधीश नियमित कामकाजमा फर्कन पाउँछन् वा पाउँदैनन् भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन ।
याे पनि:
प्रधानन्यायाधीश जबराले भने, ‘न्याय अनुभूति भयाे’
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग निष्क्रिय
प्रधानन्यायाधीश सर्वोच्च फर्किने भएपछि नेपाल बारमा भुकम्प, आकस्मिक बैठक बस्दै
पहिला:
नजरबन्दमा राखेको प्रतिक्रिया दिएपछि मानव अधिकारको टोली जबरा निवासमा
निलम्बित प्रधानन्यायाधीश जबराको बयान १७४ पेजमा तयार, समिति सदस्यले आजै हस्ताक्षर गर्ने
जबरासँग आज पनि बयान लिँदै महाभियोग सिफारिस समिति
जबरालाई कुनै पार्टीले बोक्नु गलत : पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ
सकियो चोलेन्द्र शमशेर जबराको बयान
जबराले उठाएका विषयकाे छानविन गर्न स्वतन्त्र कानुन व्यवसयीकाे माग
मलाई लगाइएको महाअभियोगको औचित्य समाप्त भइसक्यो : जबरा
निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन सुरु
जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक
FACEBOOK COMMENTS