काठमाडौं । मसिंर २२ गतेदेखि काठमाडौंको भृकुटिमण्डपमा विद्युतीय सामाग्रीहरुको प्रदर्शनी मेला हुँदैछ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौँमा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अर्न्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण राठी स्वीच एण्ड केबलद्वारा प्रायोजित ”फिन इलेक्ट्रो टेक २०२२” हुने भएको हो। मंसिर २२ गते देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा प्रदर्शनी आयोजना हुने भएको हो।
यसरी विद्युतीय सामाग्रीहरुको प्रदर्शनीको महत्व, यसले आम उपभोक्तालाई पुर्याएको फाइदालगतयतका विषमा कर्पाेरेड खबर डटकमले महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालसँग कुराकानी गरेका छौं ।
प्रस्तुत छ अध्यक्ष पौड्यालसँगका गरिएको कुराकानीको सम्पादीत अंश:
यो प्रदर्शनीको महत्व के हो भने इलेक्ट्रीकल र इलेक्ट्रोनिक्स सामाग्रीहरुमा अहिलेसम्मका नवितम उपलब्धिहरु के के छन् ? नेपाल लगायत अन्तराष्ट्रिय स्थरका नविनतम प्रोडक्टहरु यहाँ प्रदर्शनी हुन्छन् ।
ती प्रडक्टहरुको बारेमा हामि उपभोक्तालाई सुसुचित गराउछौं । उनीहरुको सेफटि फिचरहरुको बारेमा हामि जानकारी दिन्छौं । इलेक्ट्रिकल भन्ने वित्तिकै संवेदनशिल विषय पनि हो । त्यसकारण यसबारे उपभोगक्तालाई बढी भन्दा बढी जानकारी गराउँछौं ।
अर्काे कुरा के हो भने ती बस्तुहरुका सेफ्टी फिचर के के छन् त ? एमसीबी, इएलसीबी, आरसीसीवी अथवा अन्य सेफ्टी लेभलका फिचरहरु यो प्रदर्शनीमा देख्न पाइन्छ ।
सकभर हरेक वर्ष गर्दा पनि हुन्थ्यो । तर, विदेशी कम्पनीहरुको एक वर्षको एउटा प्लानिङ हुन्छ । उनीहरुसँग प्रदर्शनीमा जाने बारेमा छलफल गर्दागर्दाै नै ६ महिना देखि एक वर्ष लाग्ने रहेछ । त्यसकारणले पनि हरेक वर्ष गर्न चाँही अलिक कठिनाई भएको हो । अनि अर्काे कुरो आविस्कार पनि हरेक वर्षमा भइरहने हुने रहेनछ । एउटा आविस्कार भएको बस्तु परिष्कृत भएर आउन धेरै वर्ष बढी लाग्ने रहेछ । त्यसभएर पनि हामिले चाँही हरेक वर्ष नगरेको हौँ ।
अहिले नेपालमा इलेक्ट्रीक र इलेक्ट्रोनीक सामाग्रीको बजार एक खर्ब ५० अर्ब बढीको छ । जसमध्य एक खर्ब १३ अर्बको सामाग्री त विदेशबाट नै आयात हुन्छ । यो आयातलाई प्रतिस्थापन गर्नु हाम्रो उद्येश्य हो ।
हाम्रो यो बजारे देखेर नेपाली व्यवसायीले यहाँ उद्योगहरु संञ्चालन गरेर आयातलाई प्रतिस्थापन गर्न सकिन्छ । जसका लागि सरकारले अनुदान दिनुपर्दछ ।
‘नेपालको समृद्धि, उर्जा खपत अभिवृद्ध’ हामिले नारा नै राखेका छौं । त्यसको अर्थ के हो भने हाम्रो मुलुकमा उत्पादन हुने विजुलि जति सक्दो धेरै यहाँ नै खपत गरौं । र अधिकतम खपत गरौं । अधिकतम खपत भनेको के हो भने, ‘प्रोडक्सन इफीसेन्सी राखेर, डीस्ट्रीब्युसन इफीसेन्सी राखेर, कन्जुम्सन इफीसेन्सी भएका सामाग्रीको प्रयोग गरेर हो ।’ त्यसको मतलब धेरै वाट चलाउनु होइन ।
FACEBOOK COMMENTS