काठमाडौं, कार्तिक २२ – बालबालिकामा हुने आँखा क्यान्सरको पहिचान र उपचारका लागि सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।बैंकका प्रमुखकार्यकारी अधिकृत अजयविक्रम शाह र अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सो सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक रुपले विपन्न कमजोर बालबालिकाको आखाँको क्यान्सर (रेटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागि ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ।
रेटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो।जुन सामान्यतया नवजातशिशु र पाँचवर्षसम्मका बालबालिकामा देखा पर्दछ। विश्वभर १५ हजार नवजातशिशुमध्ये १ मा यो रोग देखापर्ने गरेको तथ्यांक छ।यो रोग समयमा पत्ता लागेमा ज्यान मात्र नभएर आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ।
नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकिथेरापि, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ ।
सुस्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारक लागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो।
FACEBOOK COMMENTS