काठमाडौं,कार्तिक २४- नेपाली बजारमा सुनको भाउ आइतबार ह्वात्तै बढेको छ।आइतवार छापावाल सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
आइतबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार तेजावी सुन पनि तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।आइतवार चाँदीको मूल्य पनि बढ्यो ।
अघिल्लो दिन प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार ५ रुपैयाँले बढ्दै प्रतितोला पनि ८ सय ४० रुपैयाँ पुगेको महासंघले बताएको छ ।
FACEBOOK COMMENTS