काठमाडौं, कार्तिक २५ – महालक्ष्मी विकास बैंक लि. लेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले कार्तिक २२ गते शुक्रबार, हरिबोधनी एकादशीको अवसर पारेर बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुकालागि शुद्घ पिउने पानी र जुसका साथै बुढानिलकण्ठ मन्दिरलाई डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बैंकले बिहान७ बजे देखि अपराह्न ५ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण गरेको थियो भने बुढानिलकण्ठ मन्दिरका मठाधिस स्वामी १००८ निगामानन्दमहाराजज्यूलाई डस्टविन हस्तान्तरण गरेको थियो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS