काठमाडौं, कार्तिक २५ – निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयन विवाद टुङ्गिएको छ । आइतबार सम्पन्न कार्यकारी समितिको बैठकले पदाधिकारी चयनसम्बन्धी व्यवस्था यथावत् राख्ने र विधान संशोधनका लागि प्रस्तावित कात्तिक २९ गते बोलाइएको विशेष साधारणसभा पनि स्थगित गर्ने निर्णय गरेको हो ।
यसअघि गत शुक्रबार विधान संसोधन समितिको बैंठकले विशेषसाधारण सभा नगर्ने निर्णय गरेको थियो । अब महासंघको नियमित साधारण सभा आगामी चैतमा हुनेछ । विधान संसोधनको मुद्दा किनारा लागेसँगै चैतपछि शेखर गोल्छा स्वत महासंघको अध्यक्ष बन्ने पक्का भएको छ ।
महासङ्घको आइतबारको बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घको विधान २०४९ को छैटौँ संशोधनसहित अन्य संशोधनका लागि कात्तिक २९ गते हुने भनिएको साधारण सभा रोकिएकोे परिपत्र आफ्ना सदस्यलाई पठाएको छ ।
पछिल्लो समय अध्यक्ष स्वतः हुने व्यवस्था अनुपयुक्त भन्दै महासङ्घका केही पदाधिकारीले संशोधनको माग राख्दै आएका थिए ।
FACEBOOK COMMENTS